४ बैशाख २०८१, मंगलवार

बादल समुहले माओवादी केन्द्र खारेजीको मागसहितको निवेदन निर्वाचन आयोगमा दर्ता गर्‍यो

election commision badal samuha 1

पूर्वमाओवादी टोली पूर्वसांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी माओवादी केन्द्रको कारबाही फिर्ताको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गर्न गरेका छन् ।

माओवादी केन्द्रको वैधानिकता समाप्त भैसकेको दाबी गर्दै माओवादी पृष्ठभूमिका एमाले नेताहरुले आयोगमा निवेदन दिएका हुन्। निवेदकहरुको तर्फबाट अधिवक्ता सरोज बुढथोकिले निवेदन दर्ता गराएका हुन् ।

माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेताहरू नेकपा माओवादी केन्द्रको कारबाहीमा परेपछी सांसद पद गुमाएका थिए । प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) अवैधानिक रहेको प्रमाण सहित आयोगमा उपस्थिती जनाइएको बताइएको छ ।

माओवादी केन्द्रको सातौँ महाधिवेशन २०६९ साल माघमा भएको थियो भने २०७१ सालदेखि माओवादी पार्टीको महाधिवेशन नभएको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको थापा समूहको आरोप छ ।

गत फागुन २३ मा सर्वोच्च अदालतले साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेसँगै पूर्व माओवादी र पूर्व एमाले ब्युँतिएका थिए ।