१३ बैशाख २०८१, बिहीबार

ओलीलाई भीम रावलले भने ‘मसँग छलफल गरेर केही हुनेवाला छैन’

oli rawal

एमाले पार्टीमा उत्पन्न विवाद समाधानका लागि वरिष्ठ नेता माधवकुमार नेपालसँगै छलफल गर्न नेता भीम रावलले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

आइतबार राति ओलीले एमाले विवाद समाधान सम्बन्धमा छलफलका लागि नेता रावललाई बालुवाटार बोलाएका थिए। रावल र ओलीबीच बालुवाटारमा दुई घण्टा छलफल चलेको थियो। छलफलका क्रममा रावलले आफूसँग भन्दा पनि वरिष्ठ नेता नेपालसँगै छलफल गरेर समाधान खोज्न आग्रह गरेको श्रोतले बतायो।

‘मसँग छलफल गरेर केही हुनेवाला छैन, एकता चाहने हो भने वरिष्ठ नेता नेपालसँग नै छलफल र सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन’, रावलको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो।