२२ असार २०८२, आईतवार

युवराज खतिवडा मेक्सिकोका लागि पनि राजदूत नियुक्त

yubraj khatiwada

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।