७ बैशाख २०८१, शुक्रबार

एमाले एकता सम्भव छ, म त्यसकै लागि लागेको छुँः उपाध्यक्ष गौतम

202107022118 4e87b875 37f9 444d 8161 40f03964ad27 medium

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष बामदेव गौतमले एमाले भित्रको विवाद गहिरो भए पनि एकता सम्भव भएको बताउनुभएको छ । सर्वोच्चको फैसला आएपछि पार्टी एक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सभाको आजको बैठकपछि संसद भवन परिसरमा पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै उपाध्यक्ष गौतमले सो कुरा बताउनुभएको हो ।

“अध्यक्ष केपी शर्मा ओली नेता माधवकुमार नेपालसँग धेरै रिसाउनुभएको छ, नेता नेपाल पनि अध्यक्ष ओलीसँग बेस्सरी रिसाउनुभएको छ” नेता गौतमले भन्नुभयो, “दुई जनाको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ, म त्यतातिर लागेको छुँ ।” केन्द्रीय कमिटी बैठकले आफूलाई पार्टी एकता गर्ने जिम्मेवारी तोकेकाले पनि आफू जिम्मेवार भएर लागिपरेको उहाँले बताउनुभयो ।

पार्टीलाई एक गराउनकै निम्ति म अध्यक्ष अ‍ोली पक्षमा लागेकाे बताउनुहुँदै उहाँले भन्नुभयो । “यस्तो बेलामा म नआत्तिकन सबैसँग आग्रह गरिरहेको छु, पार्टी एकता सम्भव छ, एकता हुन्छ” उहाँले भन्नुभयो ।