१३ बैशाख २०८१, बिहीबार

ट्रकले दुई स्कुटरलाई एकैसाथ ठक्कर दियो, एकको मृत्यु, तीन घाइते

chitwan accident

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

आज दिउँसो भरतपुर महानगरपालिका–१आँपटारी स्थित पानी ट्याङकी ओरालोमा नारायणगढबाट लम्जुङतर्फ गईरहेको ट्रकले विपरित दिशाबाट आएको दुई स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

चितवन प्रहरीका अनुसार ग १ ख ९७५६ नम्बरको (फलाम लोड) ट्रकले बिपरीत दिशाबाट आइरहेको प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर र प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटरलाई एकैसाथ ठक्कर दिँदा दुवै स्कुटरमा सवार चालकसहित चार जना मध्ये एक महिलाको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृत्यु हुनेमा वाग्मती प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर पछाडि सवार देवघाट गाउँपालिका–१ बस्ने वर्ष ४०\४२ की चिनीमाया पौडेल रहेको प्रहरीले जनाएको छ । उनको शव भरतपुर अस्पतालमा रहेको छ ।

त्यस्तै दुर्घटनामा गम्भीर घाइते हुनेमा वाग्मती प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर चालक भरतपुर महानगरपालिका–११ बस्ने वर्ष ३५ को पुष्पराज वास्तोला रहेका छन् । सामान्य घाइतेहरुमा प्रदेश२–०३–००७ प ७१९६ नम्बरको स्कुटर चालक देवघाट गाउँपालिका–५ बस्ने वर्ष ३० को तिलबहादुर गुरुङ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटर पछाडि बस्ने वर्ष ३५ की सिरु गुरुङ रहेका छन् ।

गम्भीर घाइते भएका वास्तोलालाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर तर्फ पठाइएको छ । दुर्घटनामा सामान्य घाइते भएका दुई जनाको नयाँ मेडिकल कलेजमा उपचार भई रहेको प्रहरीले जनाएको छ । तीन वटै सवारी साधन र चालकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।