७ बैशाख २०८१, शुक्रबार

स्वीकृति लिएर काठमाडौंमा लामो दुरीका सार्वजनिक गाडी प्रवेश गर्न पाउने

Bus park

अत्यावश्यक काम विशेषले काठमाडौं उपत्यकामा लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारी प्रवेश गर्न पाउने भएका छन् । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीको बैठकले लामो दुरीका गाडीलाई पनि प्रवेश गर्न दिने निर्णय गरेका हुन् । सम्बधित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिई सवारी साधनहरु काठमाडौं उपत्यकामा प्रवेश गर्न पाउने छन् ।

यसैगरी, सार्वजनिक तथा निजी सवारी चलाउँदा गाडीको स्वीकृत सिट भन्दा बढी क्षमता भन्दा बढी यात्रु नपाइने भएको छ । साथै, सबै यात्रुले अनिवार्य मास्क लगाउनु पर्नेछ भने मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज जारी गरेको आदेशमा उल्लेख छ ।

चालक र सहचालकले अनिवार्य, मास्क, भाइजर र पन्जा लगाउनु पर्ने उल्लेख गरिएको छ । सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गाडीवालाले गर्नुपर्ने छ ।