१५ चैत्र २०८०, बिहीबार

भन्सार छली ल्याउँदै गरेको सामानसहित गाडी र चालक नियन्त्रण

bhansar pp

मोरङ रतुवामाई नगरपालिका ९ भौडा चौक स्थितमा भारतबाट भन्सार छली ल्याउँदै गरेको चिनी, बिस्कुटसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

दिउसो २ बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेको को २ च १०९ नम्बरको पिकअप गाडीमा चिनी १८ सय केजी र इन्डियन बिस्कुट १८ कार्टुन फेला पारेको थियो ।

उक्त सामानहरू भन्सार छली गरी ल्याएको खुल्न आएकोले पिकअप चालक लेटाङ नगरपालिका २ का २७ वर्षीय विकास लिम्बु सहितलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार बुझाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।