२६ बैशाख २०८१, बुधबार

जनकपुर विमानस्थलमा पानी जमेपछि…

1625316607427 750x375 1

अविल वर्षाका कारण शनिवार जनकपुर विमानस्थलमा एक फिट बढी पानी जम्यो । विमानस्थलको पार्किङ क्षेत्रमा एकफिट बढी पानी जमेपछि यात्रुहरु समस्या झेल्न बाध्य भएका छन् । वर्षा र पानीले नियमित फ्लाइट रद्द भएन । तर विमानका यात्रुहरु जुत्ता चप्पल हातमा बोकेर आवत–जावत गर्नुपर्यो ।

पानीका कारण विमान पार्किङ क्षेत्रमा ल्याइएन । रनवेमा नै विवान रोकिँदा यात्रुहरु जुत्ताचप्पल हातमा बोकेर निस्किनु परेको एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार पानी जमेपछि यात्रुको समान ओसार्न पनि समस्या भएको छ । विमानस्थलका बरिष्ट अधिकृत मोहन ठाकुरले भारी वर्षाका कारण पार्किङ क्षेत्रमा पानी जमेपछि रनवेमा नै विमान राख्नुपरेको बताए । उनले भने, ‘यात्रुहरुलाई आवत जावत गर्न समस्या भयो । यसबाहेक खासै समस्या भएन ।’ भारी वर्षा हुँदा वर्षेनी जनकपुर विमानस्थल डुबानमा पर्छ । तर यो समस्या समाधान गर्न सम्बन्धित निकायले चासो नदेखाएको विमानस्थलका एक कर्मचारीले गुनासो गरेका छन् ।