२६ बैशाख २०८१, बुधबार

काठमाडौंमा निषेधाज्ञा एक साता थप्ने तयारी, लामो दूरीको यातायात खुलाउनेबारे छलफल

lockdown nepal
फाइल फोटो

कोभिड १९ संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । आइतबार बेलुका बस्ने काठमाडौं उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्ने भएको छ । अहिले जारी निषेधाज्ञा सोमबार मध्यरातसम्म कायमै छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका तीनै सीडीओहरुले एकसाता निषेधाज्ञा थप गर्ने कुरामा मतैक्य भएपनि थप क्षेत्रलाई खुलाउने बारे स्वास्थ्य मन्त्रालयको सुझावका आधारमा निर्णय गरिने बताए ।

आइतबार बेलुका अथवा सोमबार बिहान बस्ने तीन सीडीओको संयुक्त बैठकले थपिने निषेधाज्ञा अवधिमा कस्तो आदेश जारी गर्ने भन्नेबारे निर्णय गर्नेछन् । २५ सिटभन्दा कम क्षमताका सार्वजनिक यातायात र लामो दूरीको यातायात खुलाउनेबारे सीडीओहरुले छलफल गर्ने तयारी गरेका छन् ।