१६ चैत्र २०८०, शुक्रबार

आमिर र किरण अलग्गिने घोषणा संगै नायिका फातिमा चर्चामा

aamir kiran fatima

बलिउड अभिनेता आमिर खान र उनकी श्रीमति किरण राव अलग्गिने भएका छन् । विवाह भएको करिव १५ वर्षपछि एक विज्ञप्ती जारी गर्दै आफूहरु अलग्गिने बताएका हुन् । एक सन्तानका बाबुआमा समेत भइसकेका आमिर किरण छुट्टिने घोषणा गरेका हुन्।

विज्ञप्तीमा भनिएको छ “हामीहरुले केही समय पहिले नै योजनाबद्ध किसिमले अलग्गिने तयारी थालेका थियौं । अहिले भने यो कामलाई औपचारिकता दिन सहज महशुस गरेका छौं । हामी छोरा आजादप्रति समर्पित अभिभावकहरु नै छौं, जसलाई हामी पालनपोषण गर्नेछौं र सँगै हुर्काउनेछौं । हामी फिल्म, पानी फाउण्डेसन र अन्य प्रोजेक्टहरुमा सहयोगीका रुपमा काम जारी राख्नेछौं ।”

उनीहरुले आफ्नो नयाँ अध्याय सुरु भएको बताएका छन् । पती पत्नी नभई साथीको रुपमा भने भने सधैँ रहिरने विज्ञप्तीमा उल्लेख गरेका छन् । विज्ञप्तीमा अगाडी लेखिएको छ

‘यी १५ सुन्दर वर्षहरुमा हामीले एकसाथ जीवनभरका अनुभव, खुशी, हाँसो बाडेका छौं । हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा बढेको छ । अब हामी जीवनको एउटा नयाँ अध्याय सुरु गर्न चाहन्छौं– त्यो पति र पत्नीको रुपमा हुने छैन । हामी सह–आमाबाबु र परिवारका रुपमा मात्र रहनेछौं ।’

फिल्म ‘लगान’को सेटमा भेट भएका आमिर र किरणको विवाह सन् २००५ को डिसेम्बर २८ मा भएको थियो । उनीहरुको पहिलो सन्तानका रुपमा २०११मा आजादको जन्म भएको थियो । आमिरले यसअघि रीना दत्तसँग विवाह गरेका थिए । विवाहको १६ वर्षपछि उनीहरुले सन् २००२ मा डिभोर्स गरेका थिए । उनीहरुको छोरी इरा र छोरा जुनैद रहेका छन् ।

आमिर र किरण छुट्टिने खबर संगै नायिका फतिमा एकाएक चर्चामा आएकी छिन । आमिर खानले आफ्नो सम्बन्ध विच्छेदको घोषणा गर्ने बित्तिकै मानिसहरूले आमिरलाई “हरेक १५ वर्षमा विवाह गर्ने” भन्दै नायिका फतिमा संग उनको नाम जोडेका छन् । उनको नयाँ पत्नी फतिमा हुने भन्दै मिम्स बनाउन थाले पछी उनिहरु दुवै एकाएक ट्वीटरमा चर्चामा आए ।

आमिर खानसँग नायिका फतिमाको कथित पुरानो सम्बन्धको अफवाहको कारण उनि ट्वीटरमा छाइन् । फातिमाले उनको र आमिरको सम्बन्धको बारेमा पहिले नै उक्त खबरलाई झुठो भनिसकेकी छिन ।

यस्तै सलमान खानले आमिरको विवाहको बारेमा राखेको भनाई पनि ट्विटरमा चर्चा बटुल्दै छ ।