१३ बैशाख २०८१, बिहीबार

रिपब्लिकलाई पराजित गर्दै डेनमार्क युरो कपको अन्तिम चारमा

Thomas Delaney Denmark 1024x525 1

युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत तेसो क्वाटरफाइनलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्कले सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफमा गरेको २ गोलको मदतले डेनमार्क २-१ को जित दर्ता गर्न सफल रहयो ।

खेलको सुरुवाती मिनेटदेखि नै बल पोसेसनमा पकड जमाउँदै आक्रमण बुनेको डेनमार्कले पाँचौ मिनेटमा अग्रता लिएको थियो । कर्नरमा गोल गर्दै अग्रता लिएको डेनमार्कले त्यसपछि केहि अवसर सिर्जना गरेको थियो । चेकले खेलमा फर्कने प्रयास गरेपनि गोलरक्षक बाधक बनेका थिए । पहिलो हाफको अन्तिम समयमा डेनमार्कले उत्कृष्ट टिम गोल गर्दै अग्रता दोब्बर पार्यो ।

दोस्रो हाफको सुरुवातमा नै चेकले गोल फर्काउँदै खेलमा फर्कने संकेत देखायो । त्यसपछि लगातार आक्रमण गरेको चेकले डेनमार्कको रक्षापंक्ति चिर्न भने सकेन । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि चेकले फाइनल थर्डमा अपेक्षित तालमेल मिलाउन नसक्दा बराबरी गोल गर्न सकेन । अब डेनमार्कले चौथो क्वाटरफाइनलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्ड र युक्रेन आज मध्यरात १२:४५ बजे खेल्दैछन् ।

skysports kasper dolberg euro 2020 5428275

खेलको पाँचौ मिनेटमा नै डेनमार्कले थोमस डिलेनीको गोलमा अग्रता लियो । स्ट्राइगर लार्सनको कर्नसमा डिलेनीको हेडर भुइमा लाग्दै गोल भएको थियो । गोलरक्षक टोमस भाच्लिकले डाइभ दिएपनि बलसम्म पुग्न सकेनन् । त्यसको दुई मिनेट अघि डिलेनीले नै आफ्नो पेनाल्टी क्षेत्रमा भल्दिमिर सौफालको प्रहार रोक्दै खतरा टारेका थिए ।

१३ औं मिनेटमा पिएर एमिल होएबिएरले दिएको थ्रु पासमा मार्टिन डाम्सगार्ड केहि ढिला बलसम्म पुग्दा भाच्लिकले नियन्त्रणमा लिए । २२ औं मिनेटमा डेनमार्कका गोलरक्षक कास्पर स्माइकलले उत्कृष्ट बचाउ गर्दै अग्रता कायम राखे । मासोपुस्तको थ्रु पासमा होलेसको प्रहारलाई स्माइकलले अघि बढ्दै विफल परेका थिए ।

Schick Patrik Czech 1024x652 1

२७ औं मिनेटमा मार्टिन ब्रेथवेटले बाहिर प्रहार गर्दा डेनमार्कले अग्रता बढाउन सकेन । ३८ औं मिनेटमा डाम्सगार्डको शक्तिशाली प्रहारमा भाच्लिक बाधक बने । ४२ औं मिनेटमा भने डेनमार्क अग्रता दोब्बर पार्न सफल रहयो । जोकिम माहलेले बायाँ विंगबाट आफ्नो दायाँ खुट्टाको बाहिरि भागबाट दिएको क्रसलाई कास्पर डोलबर्गले पहिलो टचमा नै गोलको दिशा दिँदै २-० को अग्रता दिलाए ।

दोस्रो हाफको सुरुवातमा नै चेकका लागि प्याट्रिक सिकले गोल गर्दै खेलमा फर्काए । सौफालको क्रसमा पहिलो टचमा नै सिकको प्रहार गोल भएको थियो । प्रतियोगितामा पाँचौ गोल गर्दै सिकले सर्वाधिक गोलकर्ता सुचिमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसँग बराबरी पनि गरे ।

६२ औं मिनेटमा वैकल्पिक फरवार्ड युसुफ पाउल्सेनको प्रहारलाई चेकका कप्तान टोमस सुचेकले रोकेका थिए । पेनाल्टी क्षेत्रभित्र बल रोकेपछि पाउल्सेनको खुट्टाले सुचेकको टाउकोमा चोट लागेको थियो । ६९ औं मिनेटमा भाच्लिकले पाउल्सेनको प्रहार विफल पार्दै खेल २-१ को स्थितिमा कायम राखे ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा क्रेमेन्चिकको प्रयास पोस्टभन्दा निकै टाढाबाट गएपछि चेकको खेल बराबरी गर्ने सम्भावना सकिएको थियो । अन्तिम समयमा बाराकले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बाहिरिएको थियो ।