१३ बैशाख २०८१, बिहीबार

ब्लकबस्टर व्यापार गर्ने भविष्यवाणी गरिएको ‘लाल सिंह चड्ढा’बाट पछि हट्यो नेटफ्लिक्स

amir

आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ले बक्सअफिसमा खासै कमाल देखाउन सकेको छैन । सन् १९९४ मा रिलिज हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक यो फिल्ममा अद्वैत चन्दनको निर्देशन छ ।

रिलिजअघि फिल्मले बक्सअफिसमा ब्लकबस्टर व्यापार गर्नेमा भविष्यवाणी गरिएको थियो । तर, रिलिजपछि यताको रिपोर्ट हेर्दा फिल्मको कमाई चिन्ताजनक छ ।

यो फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुने चर्चा भइरहँदा नेटफ्लिक्स फिल्म रिलिज गर्नबाट पछि हटेको छ । यो फिल्म रिलिजको १० दिन पूरा भएको छ, तर यसको कमाई भने ५५ करोडभन्दा माथि छैन । आमिरले फिल्मलाई डिजिटल प्लेटफर्ममा रिलिज गर्नका लागि निक महंगो रकम माग गरेका थिए ।

‘आमिर नेटफ्लिक्समा फिल्मको स्ट्रिमिङ गर्न निकै उत्साहित थिए । उनी आफ्नो फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान चाहन्थे । जसका लागि उनले नेटफ्लिक्ससँग १५० करोड रुपैंयाँको माग गरेका थिए । ने

टफ्लिक्ससँग यो कुराबारे छलफल जारी थियो । आमिरले आफ्ना पछिल्ला फिल्मको उदाहरण दिँदै नेटफ्लिक्ससँग कुराकानी गरिरहेका थिए’, स्रोतले भनेको छ ।

आमिर हलमा फिल्म रिलिज भएको ६ महिना पछि ओटीटीमा फिल्म ल्याउन चाहन्थे । आमिरलाई थिएट्रिकल र ओटीटी रिलिजको अन्तरलाई काम गर्नका लागि नेटफ्लिक्सले मनाउने काम गरिरहेको थियो ।

नेटफ्लिक्सले आमिरलाई ८० देखि ९० करोड रुपैंयाँ दिन तयारी गरेको थियो । तर आमिर भने आफ्नो बोलीबाट कहिल्यै पछि हटेनन् ।

आमिरले फिल्मलाई बढीभन्दा बढी रकममा बेच्ने प्रयास जारी राखे । उनले अहिले पनि नेटफ्लिक्सलाई १ सय २५ करोड मागिरहेका थिए ।

आमिर आफ्नो फिल्मले घरेलु बक्सअफिसमा ३ सय करोडभन्दा बढी व्यापार गर्छ भन्नेमा ढुक्क थिए । त्यहीकारण उनले रिलिज अघि डिजिटल अधिकार कसैलाई दिएका थिएनन् ।