
पूर्वी चितवन भएर बग्ने राप्ती नदीले मकवानपुरको रजैया क्षेत्रमा खतराको तह पार गरेको छ ।
विहान ७ बजेसम्ममा पानीको सतह बढेर ३.९ मिटर पुगेको छ । ३.७ मिटर सतह पुगे खतराको तह मानिन्छ । अहिले पानीको सतह निरन्तर बढी रहेकाले सतर्कता अपनाउन मौषम विभागले जनाएको छ ।
राप्तीमा आउने बाढीले पूर्वी चितवनमा बढी क्षति पुर्याउने गरेको छ । केही दिन अघि आएको बाढीले पूर्वी चितवनका अधिकांश भाग डुबानमा परेको थियो ।