१५ चैत्र २०८०, बिहीबार

(फोटोफिचर) प्रधानमन्त्रीको पुतला जलाए पाँच विद्यार्थी संगठनले , सात जना पक्राउ

minbhawan campus oli

विपक्षी गठबन्धन निकट विभिन्न विद्यार्थी संगठनले​ प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका छन्।

राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा ब्याप्त प्रतिगमन र बेथितिका विरुद्ध आन्दोलनरत पाँच विद्यार्थी संगठनले शुक्रबार काठमाडौँको नयाँ बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन्।

संसद विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठनले राष्ट्रपति भण्डारी र ओलीविरुद्ध निरन्तर प्रदर्शन गरिरहेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार गठनको सम्भावना हुँदाहुँदै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको मिलेमतोमा संसद विघटन गरिएको भन्दै विपक्षी गठबन्धनले विरोध गरिरहेको छ।

प्रतिगमनको विरोधमा विद्यार्थी संगठनले शुक्रबार गरेको  प्रदर्शनमा शंकरदेव क्याम्पसबाट ७ जना पक्राउ परेका छन्।

प्रदर्शनकारीले राँके जुलुस र पुतला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। पटक–पटक संसद विघटन गरेर संविधान विरोधी गतिविधि गरेको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए।

यसअघि शुक्रबार नै बसेको उनीहरुको बैठकले असार १९ गते ७७ वटै जिल्लामा मसाल जुलुससहित प्रदर्शन गर्ने, २० गते प्रतिगमनका विरुद्ध विद्यार्थी आन्दोलनका पूर्व अध्यक्ष र नेताहरुसँग अन्तर्क्रिरया गर्ने, २१ गते संविधान जोगाउन सबै जिल्लामा संविधानको प्रति प्रदर्शन गर्ने निर्णय समेत गरेको छ।

207862390 221988283083872 6953983011408739441 n
207929077 527460821728255 8045900357740721004 n
207984540 191749999560534 651595257173546760 n
208105550 982775775826420 8234725430125118917 n
208400134 3880233668771118 4396613261023072291 n
209310451 1153480638488938 3030044608559853410 n
209474906 249416333659296 1737883004103303255 n
209986975 1421939581513696 2166191882361211677 n
210034937 526177095468206 8590096212407623229 n
210800343 1360343324363288 1462346947333053583 n
211279971 1435347613495548 7973907830573348148 n
211435334 536707167521715 820636223971250943 n
211472527 983237705768214 4845259367269420270 n