६ बैशाख २०८१, बिहीबार

फिल्म निर्देशक तथा कलाकार बिशारद बस्नेतको निधन

pp v1iZSrG94J

फिल्म निर्देशक तथा कलाकार बिशारद बस्नेतको निधन भएको छ । ३९ वर्षका बस्नेतको कोरोनाको कारण उनको शुक्रबार निधन भएको हो ।

केही समय पहिले कोभिड-१९ पोजेटिभ देखिएका बस्नेतको काठमाडौको मेडिसिटी अस्पतालमा कोरोनाको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

भारतमा जन्मिएर लामो समय उतै काम गरेका बिशारदले दुई नेपाली फिल्म निर्देशन गरेका छन् । ‘यता न उता’मा सह निर्देशन गरेका बस्नेतले ‘मिस्टर भर्जिन’ फिल्म पनि निर्देशन गरेका थिए । नेपाल फिल्म एन्ड टेलिभिजन एकेडेमीका क्रिएटिभ निर्देशक बस्नेतले भारतमै पनि लामो समय थिएटरमा काम गरेका थिए ।

नेपालमा उनले एभरेस्ट फिल्म एकेडेमीमा अभिनय पनि पढाउने काम गरेका थिए । लामो समय मुम्बई बसेर संघर्ष गरेका बस्नेतले सुब्रत आचार्यको निर्देशन रहेको फिल्म ‘सुश्री सम्पती’ समेत अभिनय गरेका थिए ।

उनले असिम शाहको निर्देशन रहेको ‘दुई रुपैंयाँ’ पनि अभिनय गरेका छन् । नाट्यकर्मी बिमल सुवेदीले बस्नेतले भारतमा पनि थिएटरमा निकै राम्रो अनुभव काम गरेको बताए ।

बस्नतेले मण्डला थियटरमा ‘क्लाउन एट वर्क’ शीर्षकको कार्यशाला सन्चालन गरेका थिए । बस्नेतले मण्डलाको प्रोडक्सन ‘बार दुर्वासा’मा अभिनय पनि गरेका थिए ।

‘उहाँको योगदान नेपाली रंगमञ्चमा सधैं जीवित रहनेछ’, बस्नेतको निधनपछि मण्डला थियटरले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘भौतिक रुपमा हामीसँग नरहेपनि हामी वहाँलाई वहाँका कामहरु, सपनाहरु र जिजीविषाका लागि सधैं सम्झिरहनेछौं ।’

चार महिनाअघि मात्र बुबा र हजुरआमा गुमाएका थिए । निर्देशक बस्नेतको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनको निधन प्रति बिभिन्न फिल्मकर्मीले सामाजिक संजाल मार्फत श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन् ।