६ बैशाख २०८१, बिहीबार

नागरिक लगानी कोषले ९ % बोनस सेयर र ८.८९ % नगद लाभांश दिने

CIT

नागरिक लगानी कोषले शेयर धनीहरूलाई ९ % बोनस सेयर र ८. ८९ % नगद लाभांश दिने भएको छ ।

कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न कोषको २६ औँ वार्षिक साधारण सभाले लाभांश दिने प्रस्ताव स्वीकृत गरेको हो । कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कोषले १ खर्ब ७२ अर्ब रकम सङ्कलन गरी १ खर्ब ७१ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेको जानकारी दिनुभयो ।

कोषले यस आवमा कोषको पुँजी वृद्धि हुनका साथै कारोबार विस्तार भई विगत देखि सञ्चालन हुँदै आएका कोषहरू, हिसाब योजना तथा पुँजी बजारसम्बन्धी सेवा समेत निरन्तर रुपमा सञ्चालन भइरहेको जनाएको छ ।

कोषले स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरिसकेको र देशको पुँजी बजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्देश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको पनि त्यस अवसरमा जानकारी गराइएको थियो ।

    सम्बन्धित समाचार...