१३ बैशाख २०८१, बिहीबार

देशभरका ६८ जिल्लामा निषेधाज्ञा जारी, धेरै जिल्लामा खुकुलाे

lockdown 1 scaled

कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा पछिल्लो सयम ६८ जिल्लामा मात्र लागू भएको छ ।

गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणमा कमी आएसँगै निषेधाआज्ञा जारी भएको जिल्लाहरुहको विवरण सार्वजनिक गरको हो । गृह मन्त्रालयलले जारी गरेको विवारण अनुसार अहिले देशभरका ६८ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्लो केहि सातादेखि कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्यामा कमी आएसँगै सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । जारी विवरणअनुसार बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्जनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ र बर्दिया जिल्लाभर निषेधाज्ञा खुकुलो बनाउँदै लागू गरिएको छ । त्यस्तै सल्यान, दार्चुला, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर र पर्वत जिल्लामा खुकुलोसहित निषेधाज्ञा लगाइएको छ ।

मनवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप, नुवाकोट, धनुषा, अर्घखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, नवलपरासी पश्चिम र इलाम जिल्लाम पनि खुकुलोसहितको पूर्ण निषेधाज्ञा लागू गरिएको छ ।

यसैगरी दोलखा, सिन्धुपाल्चोक, धनकुटा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा, सर्लाही, जुम्ला, सिन्धुली, ओखलढङ्गा, रसुवा, पाँचथर, सोलुखुम्बु, लमजुङ, भोजपुर, रुकुम पूर्व र तेह्रथुम जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयद्वारा जारी विवारणमा उल्लेख छ । त्यस्तै नौ जिल्लामा भने निषेधाज्ञा हटाइएको छ । पछिल्लो समय कोभिड–१९ महामारी नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा कतिपय गतिविधिमा थप खुकुलो पर्दै लगिएको हो ।