१५ बैशाख २०८१, शनिबार

हङकङ प्रहरीद्वारा ग्रान्डमा वोङ पक्राउ

ezgif.com gif maker

हङकङ प्रहरीले सहरकी प्रजातन्त्रको वकालत गर्ने ज्येष्ठ नागरिक महिलालाई पक्राउ गरेको छ । चीनको तियानमेन स्क्वायरमा भएको नरसंहारविरुद्ध प्रदर्शन गर्ने एलेक्जनड्रा वोङलाई प्रहरीले पक्राउ गरेको हो ।

चिनियाँ अधिकारीहरुले नरसंहारविरुद्ध प्रदर्शन गर्नेहरुविरुद्ध शून्य सहनशीलताको नीति लिएको छ । ६५ वर्षीया अलेक्जान्ड्रालाई सोमबार पक्राउ गरिएको हो । उनलाई बेइजिङको हङकङस्थित लियाजोन कार्यालय पनि उनले विरोध प्रदर्शन गरेकी हुन् । उनलाई गैरकानुनी सभामा भाग लिएको भन्दै पक्राउ गरेको हो ।

वोङलाई स्थानीय रूपमा ग्रान्डमा वोङ भनेर पनि चिनिन्छ । सन् २०१९ मा हङकङमा भएको विशाल प्रजातन्त्रको प्रदर्शनमा पनि उनी सहभागी थिइन् । उनलाई अक्सर युनियन ज्याक झण्डा लहराउँदै गरेको देख्न सकिन्छ । जुन बेइजिङकको शासनप्रतिको असन्तुष्टिको प्रतीक हो र यस क्षेत्रलाई सन् १९९७ मा पूर्व औपनिवेशिक शक्ति बेलायतले चीनलाई हस्तान्तरण गरेको छ ।

हंङकङमा अब कुनै पनि किसिमको विरोध प्रदर्शन गर्न दिइने भएको छैन । अधिकारीहरूले प्रदर्शनलाई प्रतिबन्ध गर्न सन् २०२० मा नयाँ सुरक्षा कानुन ल्याइएको छ ।

    सम्बन्धित समाचार...