६ बैशाख २०८१, बिहीबार

सिरहा र धनुषा जिल्ला जोड्ने कमला पुल भासियो

FB IMG 1625138550240

लहान, झण्डै दस बर्ष अघि निर्माण भएको हुलाकी सडक अन्तर्गत पर्ने सिरहा र धनुषा जिल्ला जोड्ने कमला नदीको पुल भासिएको छ ।

बाढीका कारण बिहीबार सिरहा जिल्ला तर्फको एउटा पिलर भासिएको हो । उद्घाटनको मिति नजिकिँदै गर्दा उक्त पुल भासिएको हो । आयोजनाले पुल साउनमा सञ्चालनमा ल्याउने तयारी गरिरहेको थियो ।

ठेक्का कम्पनीद्वारा निर्माणमा ढिलासुस्ती गरेको, कमिसनको खेल र गुणस्तरहीन कमसल सामान प्रयोग गरेको कारण पुल भासिएको हुनसक्ने स्थानीयले जनाए । पुल भासिएपछि निर्माण कम्पनीमाथि छानबिन गर्नुपर्ने स्थानीय राजाराम यादवको भनाइ छ । पुल निर्माणको काम गर्न लुम्बिनी बिल्डर्सले ठेक्का लिएको बुझिएको छ ।

FB IMG 1625138560972