१४ बैशाख २०८१, शुक्रबार

सेनाका सहायक रथीले ‘सेटिङ’मा ठगी मुद्दाका अभियुक्त छुटाए

sena 750x375 1

नेपाली सेनाका सहायक रथी हेमराज केसीले जिल्ला अदालत धनुषामा सेटिङ गरेर ठगी मुद्दाका अभियुक्तलाई छुटाएको आरोप लागेको छ ।

केसी सिरहाको चोहर्वास्थित नेपाली सेनाको २७ नम्वर बाहिनी अड्डाका सहायक रथी हुन् । उनी नातामा सम्धी पर्ने ललितपुर सानेपाका ठेकेदार प्रेम कुमार मल्ललाई ठगी मुद्दाबाट उम्काउन सरकारी वकिलसँगै सेटिङ मिलाएको पीडित जनकपुरधामका व्यवसायी राजकिशोर गुप्ताले पत्रकार सम्मेलनमा आरोप लगाएका छन् । गुप्ताले ठेकापट्टाकै कामका लागि पछि फिर्ता गर्ने शर्तमा २२ धुर जग्गा मल्लको नाममा पास गरिदिएका थिए । तर मल्लले गुप्तालाई जानकारी नै सो जग्गा विक्री गरे ।

यो कुरा थाहा पाएपछि गुप्ताले मल्लमाथि जिल्ला प्रहरी कार्यालय धनुषामा ठगी मुद्दा दर्ता गराएका छन् । मुद्दा दर्ता भएपछि प्रेरा निर्माण सेवाका प्रोपइटर समेत रहेका मल्लको बैंक खाताहरु र सम्पत्ति रोक्का भयो । उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी भइसक्यो । त्यसपछि उनी सहायक रथी केसीलाई प्रयोग गरेर ठगी मुद्दा नै खारेज गराउन ठूलो रकम खर्चेर सेटिङ गरेका छन् ।

सोमवार काठमाडौंबाट आएका मल्ल सेनाका सहायक रथी केसीको गाडीमा बसेर जनकपुरस्थित सरकारी वकिलको कार्यालय पुगेका थिए । मल्ल स्वास्थ्य समस्याका कारण जिम्मा जमानीमा छुटेको एसपी प्रकाश रानाभाटले जानकारी दिए । तर जिम्मा जमानीमा को बसेको कुरा बताउन चाहेन ।

सम्धीलाई छुटाउन सहायक रथी केसीले करोडौं रुपैयामा सेटिङ मिलाएको पीडित गुप्ताले आरोप लगाएका छन् । सहायक रथी केसीले भने यो मुद्दाको विषयमा केहि नबोल्ने प्रतिक्रिया दिए । तर उनले पीडित गुप्तालाई पटक पटक फोन गरेर मिल्न दबाब दिएको अडियो सार्वजनिक भएको छ । साथै उनले आफ् नो सम्धी भएकाले सरकारी वकिलको कार्यालयसम्म ल्याइदिएको पनि अडियोमा स्वीकारेका छन् ।

पीडित गुप्ताका अनुसार मल्लले बेइमानी गरेको जग्गाको अहिलेको मूल्य करिब १० करोड रहेको छ । मल्लमाथि विगतको हरहिसाव पनि ६ करोड बाँकी रहेको छ । विगतको रकम पनि नतिरेको र जग्गा पनि बेइमानी गरेपछि आफू अन्यायमा परेको उनको भनाई छ । पावरको दुरुपयोग गरी सेनाका सहायक रथीले अभियुक्तलाई छुटाएकोले उनीमाथि पनि आवश्यक कारबाही हुनुपर्ने माग गरे । जनकपुर टुडे