७ बैशाख २०८१, शुक्रबार

एमालेको महाधिवेसन आयोजक कमिटी भङ्ग,१८ गते केन्द्रीय कमिटीको बैठक बस्ने

60dc2c3aaaeef uml centeral

नेकपा एमाले दशौं औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आज बसेको बैठकले आयोजक कमिटी भङ्ग गर्दै असार १८ गते केन्द्रिय कमिटीको बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पूर्व नेकपा माओवादी त्यागेर नेकपा एमालेमा रहनुभएका नेताहरूलाई पार्टी स्थायी समिति सदस्यमा मनोनीत गरेको छ ।स्थायी समिति सदस्यमा मनोनीत हुनुहुनेहरुमा पूर्व माओवादी समूहका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा हुनुहुन्छ ।

यसै गरी बेदुराम भुसाल, रघुजी पन्त, विष्णु रिमाल र रघुबीर महासेठ पनि स्थायी समिति सदस्यमा मनोनीत हुनुभएको छ ।बैठकले बाढी पहिरो जस्ता विपद् र कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको जानकारी नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले दिनुभयो ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक Photo Rajan Kafle 3 1024x682 1