१२ बैशाख २०८१, बुधबार

‘राजा र पञ्चायतसँग लडेको म,ओलीको धम्कीले को डराउँछ ?

sherabadhur
फाइल फोटो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले धम्काउने तर्साउने काम गरिरहेको आरोप लगाएका छन्। विपक्षी गठबन्धनले नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीसँग संघीय संसद भवनमा गरेको अन्तरक्रियामा देउवाले प्रधानमन्त्री ओलीको धम्कीबाट कोही पनि नडराउने बताए।

‘ओलीजीले यहाँ अनावश्यक धम्काउने तर्साउने काम गरिरहनुभएको छ, यहाँ को छ र तर्सिने भन्या १ कस्तो नबुझेको उहाँले, देउवाले भने, राजासँग पञ्चायतसँग लडेको म ओलीसँग किन डराउने ?’ प्रधानमन्त्री ओलीले अदालतलाई समेत धम्क्याइरहेको देउवाको आरोप छ।

हुँदाहुँदा मलाई प्रधानमन्त्री बनायो भने….भनेर ओलीजीले न्यायाधीशलाई पनि धम्की दिइरहनुभएको छ’, उनले भने, ‘न्यायाधीशलाई प्रधानमन्त्रीले धम्की त्रास दिँदा के होला न्यायालयको अवस्था ? उनले कुनै पनि न्यायाधीशले ओलीको धम्कीबाट नडराइ विवेकपूर्ण न्याय गर्ने विश्वास व्यक्त गरे।