७ बैशाख २०८१, शुक्रबार

चितवन प्रशासनद्वारा स्थानीय तहबाट निषेधाज्ञामा सेवा प्रवाह हुने तालिका सार्वजनिक

cdo chitwan

जिल्ला प्रशासन कार्यालय चितवनले पर्सीबाट स्थानीय तहबाट सेवा प्रवाह हुने तालिका सार्वजनिक गरेको छ ।

प्रशासनले आज तालिका सार्वजनिक गर्दै नयाँ भेरियन्टसहित कोरोनाको उच्च जोखिमको कारण पर्सी शुक्रबारबाट लागू हुने गरी अर्काे निर्णय नहुन्जेलसम्म आलोपालोबाट कार्यालयहरुको सेवा सूचारु गर्ने निर्णय गरेको हो ।

तालिका अनुसार भरतपुर महानगरपालिकाअन्तर्गतको कार्यालयहरु आइतबार, मंगलबार र शुक्रबार खुल्ने छन् । त्यसैगरी इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाको हप्तामा सबै दिन खुल्ने प्रशासनको तालिकामा उल्लेख छ । त्यस्तै अन्य पालिकाहरुमा रत्ननगर र राप्तीको बुधबार र बिहीबार हप्ताको दुई दिन खुल्ने छन् भने कालिकाको सेवा सोमबार र मंगलबार सञ्चालन हुनेछ । खैरहनीको सेवा सोमबार र बिहीबार सुचारु हुने तालिकामा उल्लेख छ ।

jilla prasasan