१६ चैत्र २०८०, शुक्रबार

एक हजार ८८९ सङ्क्रमित भेटिए, तीन हजार ५९७ सङ्क्रमण मुक्त, ४१ जनाको मृत्यु

corona

पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप एक हजार ८८९ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार १८९ जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा सङ्क्रमित भेटिएका हुन् । यस्तै, चारहजार ८४९ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार तीन जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीनहजार ५९७ छ । नेपालमा अहिले ३३ हजार ५६१ जना सङ्क्रमित रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ४१ जना बिरामीको मृत्यु भएको छ । योसँगै अहिलसम्म नौ हजार ११२ जनाको मृत्यु भएको छ ।