१९ बैशाख २०८१, बुधबार

वृन्दावन नपामा झड्प ७ राउण्ड अश्रुग्यास प्रहार

bindaban 750x375 1

रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको कार्यालय विश्रामपुरमा आन्दोलनकारी र प्रहरी विच मंगलबार झडप भएको छ ।

झडपमा परि प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । असार १३ गते भएको पाँचांै नगर अधिवेशन पश्चात नगर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा महिलाहरुको लागि बजेट समावेश नगरिएको भन्दै राम दुलारी शिव समाज संस्थाको नेतृत्वमा नगरपालिकाको कार्यालयमा गरिएको तालावन्दी खोलाउन गएको प्रहरी टोली माथि आन्दोलनमा बसेकी महिलाहरुले प्रहरी ढुंगा मुढा गर्न लाग्दा झडप भएको हो । स्थिति असहज भएपछी प्रहरीले ७ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

आन्दोलनकारीले ढुंगा प्रहार गर्दा प्रहरीको भ्यानको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले बताए । आर्थिक वर्षको अन्तिम समय रहेकोले कार्यालयमा तालाबन्दी गरेर कार्यालयको कामकाज प्रभावित बनाउन नहुने भनि प्रहरीले नगरपालिकाको अनुरोधमा ताल्चा फुटाउन जाँदा झडप भएको हो । आन्दोलनमा सहभागी भएकी प्रभा सिंहलाई नियन्त्रणमा लिएर आवश्यक छानविन अगाडी बढाएको प्रहरीले जनाएको छ ।