१५ चैत्र २०८०, बिहीबार

नारायणीसहित केही नदीमा पानीको बहाव बढ्दो : ३२ जिल्लामा सतर्कता अपनाउन आग्रह

narayani

नारायणीसहित केही नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको छ ।

आज नारायणी, तमोर, भोटेकोशी, सुनकोशीलगायत कोशीका सहायक नदी, त्रिशुली, बुढीगण्डकी, कालिगण्डकी, मर्स्याङ्दीमा पानीको बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै पश्चिम राप्ती, बबईमा सामान्य बढ्ने अनुमान छ । पूर्वी राप्ती, कमला, वाग्मती र कन्काई जलाधारका केही सहायक नदीमा मध्यमदेखि भारी वर्षा भई बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले कोशी, कर्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाव स्थिर रहेको महाशाखाले निकालेको सूचनामा उल्लेख छ ।

आज प्रदेश एकको इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुङ्गा, ताप्लेजुङ, प्रदेश दुईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी तथा वाग्मतीका काठमाण्डौसहित धादिङ, मकवानपुर, चितवन, सिन्धुली र रसुवा, गण्डकीका गोरखा, लमजुङ, तनहुँ, स्याङजा, पर्वत, कास्की र बाग्लुङ्ग आसपास जिल्ला भई स–साना नदीमा समेत आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।