१५ बैशाख २०८१, शनिबार

जेठ २ मा फर्कियो एमाले, केन्द्रीय कमिटी बैठक बिहिबार

Uml New office 1024x538 1

नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ । आज बसेको स्थायी समिति बैठकले आगामी बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

माधव नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने एमालेले निर्णय लिएको हो । १८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने छ ।