१२ बैशाख २०८१, बुधबार

इङ्ल्याण्ड यूईएफए युरो कप क्वाटरफाइनलमा प्रवेश, जर्मनी बाहिरियो

England Germany

यूईएफए युरो कपको प्रि-क्वाटर फाइनल अन्तर्गत आज भएको खेलमा इङ्ल्याण्डले जर्मनीलाई पराजित गरेको छ ।

घरेलु मैदान वेम्बलीमा जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । दोस्रो हाफमा रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरेपछि इंग्ल्यान्ड २-० को जितसँगै राउन्ड अफ १६ चरण पार गर्न सफल रहयो ।

पहिलो हाफमा दुवै टोलीले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित रहेको थियो । दोस्रो हाफको सुरुवातमा जर्मनीले केहि दबाब राखेपनि खेल अघि बढ्दै जाँदा इंग्ल्यान्ड खेलमा फर्किएको थियो । त्यसपछि इंग्ल्यान्डले ९ मिनेटको अन्तरमा दुई गोल गर्दै खेल आफ्नो पकडमा ल्यायो । त्यसबीचमा जर्मनीका थोमस मुलरले बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्दा इंग्ल्यान्ड अघि बढेको हो । इंग्ल्यान्डले अब सेमिफाइनल प्रवेश गर्न युक्रेन र स्वीडेनको विजेतासँग खेल्नेछ ।

१६ औं मिनेटमा कप्तान म्यानुएल नोएरले सुन्दर बचाउ गर्दै खेल गोलरहित नै राखे । रहिम स्टर्लिङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई नोएरले आफ्नो बायाँतर्फ डाइभ दिँदै विफल पारेका थिए । २७ औं मिनेटमा ह्यारी मगाएरको हेडरले पोस्टको दिशा लिन नसक्दा इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो । ट्रीपिएरको क्रसमा मगाएरले फितलो हेडर गरेपछि जर्मनी खेल बराबरी राख्न सफल भएको थियो ।

Sterling goal england 1024x584 1

त्यसअघि १७ औं मिनेटमा पनि उनको हेडर सिधै गोलरक्षक नोएरको हातमा पुगेको थियो । खेलको ३२ औं मिनेटमा गोलरक्षक जोर्डन पिकफर्डले उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा राखे । काइ हाभर्ट्जको पासमा टिमो वेर्नरले वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई पिकफर्डले विफल पारेका थिए ।

इन्ज्युरी समयमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले अग्रता लिने अवसर सदुपयोग गर्न सकेनन् । स्टर्लिङले अघि बढाएको आक्रमणमा डिफेन्डरको ट्याकल पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका केनकै पथमा आएपनि उनले पहिलो टच नै खराब गरेपछि जर्मन डिफेन्सले बल क्लियर गर्ने अवसर पाएको थियो ।

४८ औं मिनेटमा उत्कृष्ट बचाउ गर्दै जर्मनीलाई अघि बढ्न दिएनन् । हाभर्ट्जले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको शक्तिशाली हाफ भलीलाई पिकफर्डले डाइभ दिँदै पोस्टमाथि पन्च गरिदिएका थिए ।

७५ औं मिनेटमा इंग्ल्यान्डले स्टर्लिङको गोलमा अग्रता लियो । स्टर्लिङ आफैंले सुरु गरेको आक्रमणमा केन र ग्रिलिस हुँदै लुक शाको अन्तिम क्रसलाई उनले गोलमा परिणत गरेका थिए । शाले बायाँ विंगबाट गरेको लो क्रसमा दुई डिफेन्डरसँगै गोलरक्षक नोएर बिट भएपछि स्टर्लिङले सहजै गोल गरेका थिए ।

Kane goal ENgland 1024x515 1

८१ औं मिनेटमा थोमस मुलरले गोल गर्ने सुवर्ण अवसर चुकाउँदा जर्मनीले खेल बराबर गर्न सकेन । स्टर्लिङले दिएको निकै खराब ब्याक पासलाई हाभर्ट्जले नियन्त्रणमा लिँदै मध्यभागबाट मुलरलाई खेलाएका थिए । अफसाइड ट्रयाप गरेको उत्कृष्ट पासलाई मुलरले एक्लै अघि बढाउँदै वन भर्सेस वनको स्थितिमा गरेको अन्तिम प्रहार पोस्टभन्दा बाहिर जाँदा जर्मनी बराबरी गर्नबाट चुकेको थियो ।

८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे । शाले मिडफिल्डआ गनाब्रीबाट बल खोस्दै ग्रिलिसलाई दिएको पासपछि वैकल्पिक विंगरले नै क्रसमा केनको डाइभिङ हेडर गोलमा परिणत भएको थियो । यससँगै केनले जारी युरोमा पहिलो गोल पनि गरे ।

    सम्बन्धित समाचार...