८ बैशाख २०८१, शनिबार

एम्बाप्पेले माफी मागे

kylian mbappe

फ्रान्सका प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले युरो २०२० को राउन्ड अफ १६ मा स्विट्जरल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न नसकेपनि टोलीका कोहि एमबाप्पेसँग नारिसाएको बताएका छन् ।

सोमबार निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा फ्रान्स ५-४ ले पराजित भएको हो । टाइब्रेकरमा एमबाप्पेको प्रहारलाई स्विस गोलरक्षक यान सोमरले विफल पारेका थिए । त्यसअघि फ्रान्सका सुरुवाती ४ प्रहार र स्विट्जरल्यान्डको सबै ५ प्रहार गोल भएको थियो । यस हारसँगै फ्रान्स सन् २०१० को विश्वकपपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको क्वाटरफाइनल पुग्न असफल रहयो ।

खेलपछि डेस्च्याम्प्सले आफ्नो टोली ड्रेसिङ रुममा एकतृत रहेको र एमबाप्पेसँग कोहि नारिसाएको बताए । ‘हामी कोहि पनि यसले उसले गल्ति गरेको भनेर दोष लगाउँदैनौं । किलीयनले आफ्नो जिम्मेवारी बुझेका छन्,’ उनले भने, ‘किलीयनले खेलमा गोल त गरेनन् । तर सबैले देखेको छौं उनको प्रभावकै कारण हाम्रो गोल सम्भव भएको थियो । उनी आफैंले निर्णायक पेनाल्टी लिने निर्णय लिएका थिए र कोहि पनि उनीसँग रिसाएको छैन ।’

Mbappe France miss 1024x545 1

‘मैले खेलाडीसँग छाफ्ला गरेको छु । हामीलाई टोलीको बलियो पक्ष राम्रोसँग थाहा छ । हामीले धेरै राम्रो क्षण बिताएका छौं,’ उनले भने, ‘आज निकै दुख लागेको छ । निराशा पनि छाएको छ । तर हामीले केहि राम्रो काम पनि गरेका छौं तर सबै भने योजनाअनुसार भएन । अब हामीले यो खेलको बारेमा धेरै सोच्यौं भने आफैंलाई कठिन हुन्छ ।’

युवा फरवार्ड एम्बाप्पेले खेलपछि सामाजिक संजाल इन्स्टाग्राममार्फत माफी मागेका छन् । ‘यो पाना पल्टाउन निकै कठिन हुनेछ,’ प्रतियोगितामा १४ प्रहार गर्दै गोल गर्न नसकेका एमबाप्पेले लेखे, ‘प्रतियोगिताबाट बाहिरिंदा निकै दुख लागेको छ । हामी आफ्नो लक्ष्य प्राप्त गर्नबाट असफल रह्यौं ।’

‘म पेनाल्टीको लागि माफी माग्न चाहन्छु । म टोलीलाई सहयोग गर्न चाहन्थे तर सफल भइन । मलाई निन्द्रा पर्न पनि गाह्रो हुन्छ तर यो उत्कृष्ट खेलको जोखिम पाटो भनेको यहि नै हो ।’

‘मलाई थाहा छ समर्थकहरु दुखित हुनुहुन्छ । म अझपनि हामीलाई दिएको साथका लागि धन्यवाद दिन चाहन्छु । सधैं हामीलाई विश्वास गर्नुभएको छ,’ उनले भने, ‘ अब यहाँबाट उठेर अझै कठिन चुनौतीको सामना गर्नु महत्त्वपूर्ण हुन्छ । स्विट्जरल्यान्डलाई बधाई र आउने खेलको लागि शुभकामना ।’

209340973 215422517115648 1436841269649242073 n