१६ चैत्र २०८०, शुक्रबार

मदन भण्डारी २० औं शताब्दीमा नेपाली राजनीतिलाई सबैभन्दा बढी प्रभावित पार्ने जननायक – प्रधानमन्त्री

kp oli 1

स्वर्गिय जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा बालुवाटार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीले कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिमा पु-याउनुभएको योगदानलाई स्मरण गर्नुभएको छ । प्रधानमन्त्री ओली जननेता मदन भण्डारीलाई स्मरण गर्नुहुदै भण्डारी जननेता मात्र नभएको २० औं शताब्दीमा नेपाली राजनीतिको जननायक भएको समेत प्रष्ट्याउनुभयो ।

प्रधानमन्त्री ओलीले नेता भण्डारीले नेपाली राजनीतिमा, समाजमा र जनजीवनमा वैचारिक र परिवर्तनकारी भूमिका खेल्नुभएको बताउनुभयो । स्वर्गीय जननेता भण्डारीले देशको राजनीतिमा मात्र नभएर तात्कालीन समयमा समसामयिक अन्तराष्ट्रिय राजनीति मा पनि प्रभाव पारेको बताउनुभयो । तात्कालीन अवस्थामा रक्षात्मक अवस्थामा पुगेको वामपन्थी आन्दोलनलाई प्रभावित पार्ने र राजनीतिक चिन्तन सम्बन्धी प्रणाली अगाडि सार्ने जस्ता महत्वपूर्ण भूमिका जननेता भण्डारीले गर्नुभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । यसले वर्तमान अवस्थामा राजनीतिका विभिन्न स्कूलिङ गर्ने चिन्तन र प्रणालीहरुलाई झक्झक्याएको धारणा पनि उहाँले राख्नुभएको छ ।

तात्कालीन समयमा लोकतानित्रक शक्तिहरु एक ठाउँमा ल्याएर संयुक्त जनआन्दोलनलाई कुशलतापूर्वक जननेता मदन भण्डारीले गर्नुभएको थियो ।समय समयमा  नेपाली काँग्रसले जस्तो सुकै अवस्थामा पनि कम्युनिष्टहरुसँग मिल्नुहुँदैन भन्ने धारणाका कारण २००७ सालको लोकतन्त्र टिकाउन नसकेको अवस्थामा प्रतिगमनकारी र प्रतिक्रियावादी शक्तिहरुसँग मिलेर लोकतन्त्र रक्षा गर्ने अवस्था पनि थिएन । प्रमले भन्नुभयाे, यसलाई नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले यसको पहल गर्नुभए पनि काँग्रेसे स्वीकार्न सकेको थिएन । तर पनि जननेता मदन भण्डारीको नेतृत्वमा संयुक्त जनआन्दोलन भएको थियो ।