४ बैशाख २०८१, मंगलवार

९ सय किलो मिटर पार गर्दै रश्मीकालाई भेट्न घरमै पुगे उनका फ्यान

Rashmika Mandanna 1200

बलिउड अभिनेत्री रश्मीका मन्दनालाई भेट्नका लागि उनका एक फ्यान ९ सय किलो मिटरको यात्रा पार गर्दै भेट्न पुगेका छन् । मुम्बइमा अभिनेता अमिताभ बच्चनसँग चलचित्र ‘गुडबाई’को छायांकनमा व्यस्त रहेकी रश्मीकालाई भेट्न एक फ्यानले ९ सय किमीको दुरी पार गरेर भेट्न पुगेका छन् ।
उनले रश्मीकाको घर गुगलमा सर्च गरेर त्रिपाठी नाम गरेका ती फ्यान उनको घरसम्म पुगेका थिए । भारतिय मिडियाका अनुसार तमिलनाडुबाट कर्नाटकको कोडागुमा ९ सय किमीको दुरी पार गर्दै पुगेका छन् । उनले यति लामो बाटो पार गर्दै रश्मीकाको घर पुगेपनि भेट्न पाएनन् । किनभने छायांकनमा व्यस्त रहेकी रश्मीका मुम्बइमा रहेकाले रहेकी छन् । त्यसकारण रश्मीकासँग उनको भेट नभएको हो ।
रश्मीकाले यो कुरा थाहा पाएपछि सामाजिक संजालमा ति फ्यानसँग भेट हुन नपाउँदा दुख लागेको बताएकी छन् ।

उनले सञ्जालमा लेखेकी छन्,‘प्रिय साथी, मलाई ढिलो मात्र यो कुराको जानकारी प्राप्त भएको छ । कृपया यस्तो केही पनि काम नगर्नुहोला । मलाई सामाजिक संजालमा नै प्रेम दिनुहोला । तर, तपाइसँग भेट्न नपाउँदा मलाई निकै नै नरमाइलो लागेको छ । म आशा गर्छु कि एक दिन हाम्रो भेट अवश्य पनि हुनेछ ।’
यो भन्दा अघि सोनु सुदलाई भेट्नका लागि एक उनका फ्यान घरमा पुगेका थिए । जव उनले ति फ्यानलाई भेट दिएका थिए । लोकप्रिय बनेका कलाकारहरुका फ्यानले उनीहरुका लागि अचम्मको प्रेम देखाउँछन भन्ने कुरा यि त उदाहरण मात्रै हुन् ।