७ बैशाख २०८१, शुक्रबार

५ वर्षमा महाधिवेशन नगर्ने पार्टी कसरी माओवादी हुन्छ ?

prabhu shah
फाइल फोटो

सशस्त्र द्धन्द्धमा माओवादीमा रहेर विद्रोह गरेर हाल नेकपा एमाले बनेका पूर्वमाओवादी नेता एवं पूर्वमन्त्री प्रभु शाहले माओवादी केन्द्र वैधानिक नभएको बताएका छन् । आइतबार एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा अवैध रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’ अवैधानिक रहेको उनले बताए ।

उनले भने, ‘माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता नै छैन । हामी निर्वाचन आयोगमा सोध्न जाँदा प्रमुख आयुक्त अयोधीप्रसाद हामीलाई थाहै छैन भन्नुहुन्छ । त्यसैले उहाँले माओवादीलाई कसरी वैधानिकता दिनुभयो ? त्यसैले माओवादी केन्द्र दर्ता नै छैन । यो निर्वाचन आयोगको कर्तव्य हो कि होइन ?’

अवैध पार्टीको अवैधानिक अध्यक्षले कारबाही गरेको पनि अवैधानिक रहेको पनि उनले बताएका छन् । उनका अनुसार ५ वर्षमा महाधिवेशन नगर्ने पार्टी कसरी माओवादी हुन्छ ?