८ बैशाख २०८१, शनिबार

अनमोल केसीलाई ‘धुपौरे’ टिमले हाल्यो मुद्वा

anmol kc

केहि समय अगाडी यतिबेलाका पपुलर स्टार अनमोल केसीलाई लिएर निर्माण घोषणा गरिएको फिल्म ‘धुपौरे’ को काम अगाडी बढेको छैन ।

निमार्ण टिमले पछिल्लो समयमा आएर अनमोल केसी विरुद्ध काठमाडौं महानगरीय प्रहरी परिसर हनुमानढोकामा ठगि मुद्धा समेत हालेको छ ।

केही समय अगाडी चलचित्र “धुपौरे” मा अनमोल केसी साठि लाखमा अनुबन्धित भएको खबर चर्चामा थियो । चरित्र जिबन्तता बनाउनको लागि अनमोलले निर्देशक साम्तेन भुटिया संग लोकेसनमा पुगेर अध्ययन गरेको तस्बिर समेत निमार्ण टिमले सार्वजनिक गरेको थियो ।

dhuparo

“धुपौरे”को चरित्र निर्वाह गर्नका लागी अनमोलले निकै मेहनत गरेको भनेर समाचार आएको थियो ।
गत मंसिरमा नै फ्लोरमा जान लागेको फिल्मलाई स्क्रिप्ट चित्तबुझ्दो नभएको बहानामा अनमोलले चलचित्र नगर्ने समाचार बाहिर आएको थियो । यो बारेमा निर्माण टिमले भने यस विषयमा आफुहरुलाई कुनै जानकारी नभएको र चलचित्र सुटिङमा जाने समेत जानकारी गराएको थियो ।
तर अहिले आएर निमार्ण टिम र अनमोल केसी बिचको विवाद छताछुल्ल भएको छ । यतिसम्म कि अनमोल केसी विरुद्ध काठमाडौं महानगरीय प्रहरी परिसर हनुमानढोकामा ठगि मुद्धा समेत हालेको छ ।

सञ्चार माध्यममा फिल्म छोडेको भन्ने निरन्तर समाचार आएपछी निर्माण टिमले अनमोल केसीसँग जानकारी लिन खोज्दा लामो समय देखी अनमोल केसीसँग सम्पर्क नभएको र बारम्बार सम्र्पक गर्न खोज्दा फोन नम्बर समेत परिवर्तन गरेको निर्माता रुपेन्द्र खड्गीले आरोप लगाएका छन् ।

खड्गीले भने “हाम्रो टिम सुटिङ को लागि सबै तयारी अवस्थामा थियो । अनमोल केसीकै जबरजस्तीले नयाँ नायीकाको लागि तिन दिन भब्य अडिसन गरेर नायीका लगायत अन्य कलाकार समेत फाइनल गरेका थियौ ।”

an

सम्पुर्ण तयारी सकेपछि अनमोल केसीलाई सम्पर्क गरे तर अनमोलसँग सम्पर्क भएन । सुटिङको मिती परिवर्तन भयो मंसिर १८ बाट फ्लोरमा जान सम्पुर्ण टिम तयार भयो तर अनमोल गायब भए । त्यसपछि निमार्ण टिमले अनमोल केसीका बुवा भुवन केसीसँग सम्पर्क गरे । अन्तिम समयमा आएर भुवनले स्किप्ट सच्चाउन लगाए । निमार्ण टिम स्क्रिप्ट सच्चाउन सहमती भयो ।

त्यसपछि पनि भुवनसँग सुटिङ डेट मिलाउन बारम्बार अनुरोध गरे तर भुवनले पनि विभिन्न बाहानामा अल्झाइरहे ।

अनमोल केसी र निर्देशक साम्तेन भुटियाले धुपौरे को स्क्रिप्ट राम्रो छ भनेर नै निर्माण टिमले चलचित्रलाई अगाडी बढाएको थियो । पहिले राम्रो भनेर चर्को पारिश्रमिक लिएर फिल्म साइन गरेका अनमोल लाई सुटिङ डेट नजिकिदा किन स्क्रिप्ट चित्त बुझेन त्यो त अनमोल केसी लाई नै थाहा होला रु तर निर्माण टिमले धेरै कोशिस गर्दा पनि अनमोल भुवन ले चासो देखाएनन । अग्रीमेन्ट गरेर पैसा नि लगिसके सबै जनाको अग्रीमेन्ट भैसक्यो ।

anmolkc

यति धेरै पैसा डुबिसक्यो तर उनिहरु लाई मतलब नै छैन । उनिहरुले जे भन्छन त्यही हिसाब ले काम गरौ । स्क्रिप्ट चित्त नबुझे मिलाउ के कुरा चित्त बुझेन हामी जे पनि गर्छौ तर फिल्म नरोकौ । एउटा डेट दिनुस त्यही डेट मा शूटिङ गरौ भन्दा नि भुवन र अनमोल ले टेरपुच्छर लगायएन त्यसकारण बाध्य भएर हामीले अनमोल केसी विरुद्ध मुद्धा दर्ता गरेका हौ निराश हुदै निर्माता रुपेन्द्र खड्गीले बताए ।

यसअघि उनले ‘ग्याङस्टर ब्लुज’ लाई पनि यसै गरी झुलाउँदा– झुलाउँदा पैसा फिर्ता दिएका थिए । अनमोललाई उद्योगमा प्रोफेसनल कलाकारका रूपमा चिनिन्छ । तर, पछिल्लो समय उनले त्यो पहिचान गुमाउँदै गएका छन् । रोशन घर्ती

87660725 2320354764933820 7452313380104175616 n
88093519 2320355521600411 1643379170350202880 n
2
3
4
anamol