१३ बैशाख २०८१, बिहीबार

दाङका म्यानपावर ब्यवसायी यादव सैघालीलाई १ महिना जेल सजाय

handcuff

यादव सैघाली भनेर चिनिने म्यानपावर व्यवसायी यादव सुनारलाई अदालतले १ महिना जेल सजाय तोकेको छ ।

yadav sangauli

सामाजिक संजालमा महिला संचारकर्मीको चरित्र हत्या गरेको अभियोगमा जिल्ला अदालत काठमाडौले १ महिना जेल सजाय तोकेको हो । प्रहरिले घोराहीका सागर थापा र बिष्णु कुमार देबकोटालाइ पक्राउ पुर्जि जारी गरेर अनुसन्धान गरेको थियो । अनुसन्धान पछि धरौटिमा छुटेका थिए ।

काठमाडौ जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार गत मंसिर २४ गते न्यायाधीश सुर्यनाथ प्रसाद अधिकारीको इजलासले उनलाई १ महिना कैद,५० हजार क्षतिपूर्ति र २५ हजार रूपैयाँ जरीवाना गर्ने फैसला गरेको हो ।

सुनारले केही महिना अघि फेसवुक ग्रुप च्याटमा दाङकै एक महिला संचारकर्मीको तस्बिर राखेर उनको चरित्र हत्या हुने गरी अभिव्यक्ति दिएका थिए । ती महिला संचारकर्मीले आफ्नो चरित्र हत्या भएको भन्दै उजुरी दिएकी थिइन । उजुरी पश्चात् अपराध अनुसन्धान महाशाखा काठमाडौले सुनारलाई पक्राउ गरी साइबर क्राइममा मुद्दा चलाएको थियोे । उनी यसअघि धराैटीमा रिहा भएका थिए ।

जिल्ला अदालत काठमाडौले कैद सजाएको फैसला गरेपनि उनी निर्बाध हिडडुल गरिरहेका छन् । । उनले सैघाली खबर डटकम नामक अनलाइन समेत चलाउँदै आएका छन् ।