१५ चैत्र २०८०, बिहीबार

सर्वोच्च अदालतले प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश दिन्छ : यादव

Upendra yadav
फाइल फोटो

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा वहस चलिरहेको बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अदालतबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तीको परमादेश आउने दावी गरेका छन् ।

पहिलो पटक प्रधानमन्त्रीले केपी शर्मा ओलीले संसद विघटनगर्दापनि अदालतले पुनर्वहाली गरेको उल्लेखगर्दै उनले भने, ‘फेरी संसद् पुनःस्थापना हुन्छ ।अब देउवालाई प्रधानमन्त्रीको घोषणासहित अदालतले परमादेश जारी गर्ने उनले बताए । राजविराजमा शनिवार आयोजित कार्यकर्ता भेलामा अध्यक्ष यादवले भने, ‘एकैजना प्रधानमन्त्रीले एउटै संसद्लाई दुईपटक भंग गरेको उदाहरण संसारमै छैन् ।’ यादवले सार्वभौम संसद्लाई समाप्त गरी ओली निर कुंश बन्न खोजेको आरोप लगाए । राष्ट्रपति र प्रधानमन्त्रीले गरेको गल्तीलाई अदालतले सच्चयाउने उनले बताए ।

संसद् भंग गरी प्रदेशसमेत भंग गर्दै अध्यादेशमार्फत निरकुंश शैलीमा देश चलाउने ओलीको मनसाय सफल नहुने उनले ठोकुवा गरे । ओलीले ०४७ साल ल्याउन खोजेको अध्यक्ष यादवले आरोप लगाए । महन्थ ठाकुर–राजेन्द्र महतो समुह तर्फ लक्षितगर्दै उनले विहान र बेलुका दुतावासमा जाने गरेको आरोप लगाए । तर त्यसरी धाउनेहरुले भारतको समेत हित नगर्ने उल्लेखगर्दै उनले भने, ‘उनीहरुले हँ मालिक, फलानोले त विरोध गर्छ । नोट ल्याउनुस्, हामी उसलाई ठीक पार्छु भन्न सक्छ । यसले भारतको हित हुँदैन ।’ आफूहरु संघीयता, लोकतन्त्र र राष्ट्रको हितमा खडा भएको दावीगर्दै यादवले आफूहरु कसैको विरोधी वा पक्षधर नभएको बताए । ‘जसलाई गुलाम बन्नुछ बनोस्, हामीलाई केही भन्नु छैन’ उनले भने, ‘हामी नो प्रो चीन, नो प्रो इन्डियन । हामी त प्रो नेपाली, प्रो मधेसी ।’ ‘हामी भारतको मित्र हौं ।

भारतविरोधी हुन सक्दैनौं ’ पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका यादवले भने, ‘हामीलेकुनै नोक्सान पनि पु¥याउन सक्दैनौं । तर हामी मित्र छौं मित्रकै व्यवहार हुनुपर्छ ।’ सरकारले कुनै पनि माग पूरा नगर्दा पनि जसपाका कतिपय नेताहरु सरकारमा गएको अध्यक्ष यादवले टिप्पणी गरे ।‘कसैको मुद्दा फिर्ता भएको छैन, कुनै माग पूरा भएको छैन’ अध्यक्ष यादवले भने, ‘केपी ओलीले त मधेशको माग सुन्नै चाहेका छैनन् । माग कसरी पूरा गर्छन् ।