१४ बैशाख २०८१, शुक्रबार

जारी पोस्टरमा दया र मिरुनाको जोडी

jari movie

कबि तथा फिल्म कबड्डी सिरिजका लेखक उपेन्द्र सुब्बाको डेब्यु निर्देशनमा बनेको फिल्म जारीको फस्टलुक मितिसँगै रिलिज मिति तय गरिएको छ ।

फिल्मको सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई र मेरुना मगरलाइ लिम्बु भेषभुषमा कतै हिडिरहेको देख्न सकिन्छ भने फिल्मको रिलिज मिति २०७७ सालको ज्येष्ठ २३ गत्ते तोकिएको छ । अगाडि फिल्मको नाम निर्माण टिमले गोप्य राख्दै आइरहेका थिए ।

सिनेमा आर्ट र बासुरी फिल्मसको ब्यानरमा बनेको फिल्मको अधिकास छायाँकन पाचथरमा गरिएको हो । फिल्ममा अभिनेता दयाहाङ र मेरुनाले पहिलोपटक स्क्रिन सेयर गरेका छन ।
फिल्मलाइ रामबाबु गुरुङले निर्माण गरेका हुन भने निर्देशक सुब्बाकै लेखन रहेको छ ।

त्यसैगरी फिल्मको सह निर्मातामा देबराज मादेन सृजना लिङलेखु अल्भिन लिम्बु पिटर गूरुङ देभियानि राई र क्ष्तिज लापति छायाँकनमा शैलेन्द्र डि कार्की सम्पादनमा निमेश श्रेष्ठ र सँगितमा झुमा लिम्बु र सँगम पन्तको रहेको छ । त्यसैगरी फिल्ममा दया र मिरुनासँगै प्रेम सुब्बा बिजय बराल अनिल सुब्बा रोयदिप श्रेष्ठ रेखा लिम्बु पुष्कर गुरुङ कमलमनि नेपाल सिता कुमारी तुम्बाफो किशोर कुमार पाण्डाक लगायत कलाकारहरुको अभिनय रहेको छ ।

आफु अभिनित अघिल्लो ४ फिल्मले नपाएको सफलता मिरुनाले यस फिल्मबाट पाउने सोचमा रहेकि छिन । भने कबड्डी जस्तो सफल फिल्मको सिरिज लेखिसकेका उपेन्द्र सुब्बा पनि जारीबाट सुखद निर्देशकमा डेब्यु गर्ने सोचमा रहेका छन ।

jari