१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री बन्ने प्रस्ताव आएको छ, तर इच्छा छैनः माधव नेपाल

madhav kumar nepal scaled

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पछिल्लो समय आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको बताएका छन् । शनिबार नयाँ बानेश्वरमा विपक्षी पाँचदलीय गठबन्धनद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता नेपालले यस्तो खुलासा गरेका हुन् । तर, गठबन्धनलाई धोका नदिने भन्दै प्रधानमन्त्रीका लागि इच्छा नभएको बताए ।

माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो,” उनले भने, तर, माधव नेपाल धोका दिने मान्छे होइन ।” प्रधानमन्त्रीको प्रस्ताव कोबाट आएको भनेर उनले प्रष्ट शब्दमा खुलाएनन् । तर, उनको संकेत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षपट्टि थियो ।

उनले आफू कुर्सीका लागि नभई संविधान र लोकतन्त्रको रक्षाका लागि लडेको भन्दै गठबन्धनलाई धोका नदिने स्पष्ट पारे ।