१६ चैत्र २०८०, शुक्रबार

थप एक हजार १७४ सङ्क्रमण पुष्टि, चार हजार ९१४ जना निको

corona insurance

पछिल्लो २४ घण्टामा थप एक हजार १७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ७०४ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चारहजार ८०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ३० जनाको मृत्यु भएको छ । योसँगै आठ हजार ९७५ जनाको मृत्यु भैसकेको छ ।

चारहजार ९१४ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९१.९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरु ४२ हजार २४ जना छन् ।