६ बैशाख २०८१, बिहीबार

राजेशपायल राई बने भ्वाइस अफ नेपालको नयाँ कोच

rajesh payal rai 1

टेलिभिजन रियालिटी सो द भ्वाइस अफ नेपालको कोचमा नयाँ कोच चुनिएका छन् । गायन सो भ्वाइस अफ नेपालको कोचमा राजेशपायल राईले कार्यभार सम्हालेका छन् । सोही सो का कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ बनेपछि राई एपिसोड २२ बाट राईले कार्यभार सम्हालेका हुन् ।

अर्का कोच एवं वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ बनेपछि राई एपिसोड २२ बाट कोच चुनिएका हुन् ।

कोरोनाभाइरस संक्रमण भए घरमा नै स्वास्थ्य लाभ गरिररहेका गायक दीपले केही समय आराम गर्नुपर्ने भएपछि राईलाई कोचका रुपमा लिइएको भ्वाइस अफ नेपालले जनाएको छ ।

नयाँ कोचको लागि शुभकामना दिँदै भिडियो सन्देश जारी गर्दै गायक श्रेष्ठले पनि आफ्ना प्रिय भाई राजेशपायल राईलाई कार्यभार सुम्पन पाउँदा खुशि लागेको बताएका छन् ।

कोच सम्हालेका राईले पनि श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।