१४ बैशाख २०८१, शुक्रबार

सम्मान थाप्दै गर्दा झाको मन्त्री पद चट झण्डा हटाएर गए फिर्ता

padmukht 750x375 1

मन्त्री बनेपछि सम्मान थाप्न मन्त्रीहरु गृहजिल्ला आउने लहर चलेको थियो । वजनदार माला लगाएका मन्त्रीहरु कार्यकर्तासँग खुशियाली साट्दै थिए । मंगलबार पनि संघीय सरकारका खानेपानी मन्त्री अनिल झा गृहजिल्ला रौतहट पुगे । त्याहाँ समर्थकको घेरामा मालाले मन्त्री अनुहारै छोपिएको थियो । मन्त्री गदगद थिए । मन्त्रीको खुशी क्षिणमै निराशामा परिणत भयो । मन्त्री पद गुमेको सूचना पाएपछि नेता झा कार्यकर्ता खल्लो महशुस गर्दै फर्के । जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर समूहका खानेपानी मन्त्री नियुक्त नेता झाको मन्त्री पद कार्यक्रम स्थलमै हुँदा खुस्कियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी मन्त्री नियुक्त गरे पछि पहिलो पटक गृह जिल्ला पुगेका झाको मन्त्री पद कार्यक्रममै हुँदा गुमेको थियो । संसद विघटन पछि विस्तार गरिएको मन्त्रि परिषद विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाई पछि प्रधान न्यायधिश चोलेन्द्र शमशेर जबराको इजलासले जेठ २१ र २७ गते नियुक्त गरिएको उपप्रधानमन्त्री र मन्त्रीहरुलाई कामकाज गर्न नदिन आदेश गरेपछि हर्षोल्लासका साथ घर आएका झाको खुशी एक छिन मै निरासामा परिणत भएका थिए । आफ्नो जिल्ला आउनु अगाडी सामाजिक संजालमार्पmत नेता झाको स्वागतमा समर्थकहरुले दर्जनौ भारतीय नम्बर प्लेटका गाडी लिएर चन्द्रनिगाहपुर पुगेका थिए । गौरदेखि चन्द्रनिगाहपुरसम्म विरेन्द्र राजमार्गमा ठाउँ ठाउँमा स्वागतद्वार ठडयाएको थियो ।

नेपालको झण्डा लहराउदै गौरस्थित एक होटल पुगेका झाले कार्यकर्तालाई सम्वोधन गर्न नपाउदै मन्त्री पद चट भएको सूचना आएको थियो । मन्त्रि बन्नका लागि आफ्नै पार्टीमा गुट सृजना गरि कामचलाउ सरकारमा सहभागी भएका जसपाका सवै मन्त्रिको पद एक झट् का मै गएको छ । मन्त्री पद गईसकेपछि लस्कर लिएर जिल्ला पुगेका नेता झा फर्किदा सुनसान थियो । यस अघि प्रदेश सरकारका भौतिक पूर्वाधार राज्य मन्त्री रहेकी झा कि पत्नी डा. डिम्पल झाको पनि पद गइसकेका छन् ।

राज्यमन्त्री पदबाट हटाइए पनि झाले प्रयोग गर्नलाई लिएको सवारी साधन अहिले सम्म सरकारलाई नबुझाएको स्रोतले जनाएको छ । जिल्लामा १४ गते देखि निषेधाज्ञा जारी रहेको तथा नेपाल–भारत सीमा वर्षौदेखि बन्द रहेको अवस्थामा पनि झाको स्वागतको लागि पार्टीको झण्डा प्रयोग गरि सीमानादेखि ४२ किलो मिटर राजमार्ग सम्म भारतीय नम्बर प्लेटको गाडीको लस्कर प्रयोग भएको थियो ।