१२ बैशाख २०८१, बुधबार

रौतहट-एकमा बढ्यो चुनावी सरगर्मी

rautahat

निर्वाचन नजिकिएसागै राजनीतिक दलका नेताहरु जिल्लाका चुनावकेन्दि्रत सभा र कार्यक्रममा सहभागी हुने क्रम बढ्दो छ । यतिखेर उनीहरु आफ्ना एजेण्डा र प्रतिबद्धता मतदातासामु राखिरहेका छन् ।

रौतहटका विभिन्न कार्यक्रममा सहभागी हुादै आएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले क्षेत्र नम्बर १ बाटै आफूले उम्मेदवारी दिने भनेर स्पष्ट केही नभने पनि यहाा आफूले गरेका विकासका कामका फेहरिस्त राख्दै आएका छन् ।
मधेसकेन्दि्रत दल लोसपा नेपालका नेता अनिल झा मधेशीका अधिकार र संघीयता आफ्नो चुनाबी एजेन्डा हुने बताउाछन् ।

गौर नगरपालिकाका पूर्वप्रमुख अजय गुप्ता दोश्रो स्थानीय तह निर्वाचनमा पराजित भएपछि एमालेमा प्रवेश गरेका थिए । उनलाई पार्टीेले यही क्षेत्रबाट एकल सिफारिस गरेको छ । उनी पनि स्थानीय जनताको चाहनाअनुसार आफू अघि बढिरहेको बताउाछन् ।

रौतहटमा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ निर्वाचन क्षेत्र छन् । त्यसमध्ये क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा गर्न लागेका नेपाल र गुप्ता यसपटक फरक दलबाट चुनाव लड्दै छन् । यो क्षेत्र तीनै नेताहरुको गृह क्षेत्र भएकाले पनि यहााको प्रतिस्पर्धा झनै रोचक हुने देखिन्छ ।