१९ श्रावण २०७८, मंगलवार

दार्चुलामा होमपाईपमा अड्किएर दुई बालकको मृत्यु

201241164 546321633047153 1495106421405228801 n 20210622170000

दार्चुलामा दुई बालकको होमपाइपमा अड्किएर मृत्युु भएको छ ।

महाकाली नगरपालिका वडा नम्बर ४ बङ्गाबगड स्थित लास्कु खोलामा रहेको होमपाइपमा अडकिएर मृत्यु भएको हो । मंगलबार दिउँसो पौडी खेलिरहेका बेला होम पाइपमा अड्किएर महाकाली नगरपालिका ४ बस्ने १७ बर्षिय प्रकाश खत्री र १२ बर्षिय रमित कुवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुला तिङ्कर सडक जोड्ने निर्माणाधीन मोटरेवल पुलको होम पाइपमा अडकिएर ज्यान गएको जनाइएको छ । उनीहरुको शव स्काइभेटर प्रयोग गरि निकालिएको हो।

201241152 791839378201704 3097182466720356220 n 20210622165931
202823980 496012715007573 1887774489430369975 n 20210622165945