१५ बैशाख २०८१, शनिबार

थप तीन हजार ७०३ जनामा सङ्क्रमण पुष्टि, ४१ काे मृत्यु

corona insurance

पछिल्लो २४ घण्टामा थप तीन हजार ७०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हाे ।

यस्तै, चारहजार ८१९ जनामा गरिएको एन्टिजेन परीक्षणमा चार हजार ७०९ जनामा सङ्क्रमण पुष्टि भएको छ । ८७७२

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ४१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ८८१३ जनाको मृत्यु भैसकेको छ ।

चार हजार ९५४ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९०.२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।