१४ बैशाख २०८१, शुक्रबार

मन्त्री बन्ने लालचमा ‘न एमाले न माओवादी’

prabhu shah

नेपाली राजनीतिमा मधेशी नेताहरु मध्ये छोटो समयमै स्थापित भएका प्रभु साह मन्त्री बन्ने लालचमा ‘घरको न घाटको’ भएका छन् ।

माओवादी केन्द्र छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहरी विकास मन्त्री बनेका साहको यात्रा केहि महिनामै सिमित भयो। उनी मन्त्रीबाटपनि हटिसकेका छन् । एमालेमा पनि उनको कुनै हैसियत छैन् । सर्वोच्च अदालतले एमालेलाई २०७७ जेठ २ गते पछि नै फर्काउने फैसला गरेपछि माओवादी छाडेर एमालेमा प्रवेश गरेका साह बिचल्लीमा परेका छन् । अहिले साह न एमालेमा र न माओवादी केन्द्रमा छन् ।

हैसियत खोज्दै निर्वाचन आयोग सम्म पुगेका साह सहित माओवादी छाडेका नेताहरुलाई हटाएर निर्वाचन आयोगमा रहेको तथ्यांक अद्यावधिक गराइएकोछ । माओवादी केन्द्रको सोमवार बसेको बैठकले गरेको निर्णय सहित बिवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा पत्र दर्ता गराइएको नेता लिलामणी पोखरेलले बताए । आयोगमा अद्यावधिक गरिएको बिवरण अनुसार साहकी पत्नी रिना कुमारी साह मौलापुर नगरपालिकाकी मेयरबाट हटनेछिन् ।त्यसैगरि कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहापनि पदमुक्त हुनेछन् ।कुशवाहा साहका निकट सहयोगी हुन् । माओवादीले ५ जना उपमेयरलाई पनि कारबाही गरेको छ ।

कारवाहीमा परेका उपमेयरहरुमा रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवी, मौलापुर नगरपालिकाका उपमेयर गौरिशंकर जयसवाल, फतुवाविजयपुर नगरपालिका रौतहटकी उपमेयर कान्ती देवी र माधवनारायण रौतहटकी उपप्रमुख सिमल साह छन् ।

उनीहरु सबै जना प्रभु साहका सहयोगीहरु हुन् । साह स्वयंपनि सांसदबाट हटेका छन् ।उनी निकटका पदाधिकारीहरु पालिकाबाट समेत हटाइने भएकोछ । निर्वाचन आयोगले सुचना प्रकासित गरे लगतै उनीहरु पदमुक्त हुनेछन् । आयोगले यसमा दायाँबायाँ खेल्ने ठाउँ नरहेको कानुन व्यवसायीहरु बताउँछन् । पार्टी परित्यागगरि अन्य दलमा प्रवेश गरेकाले उनीहरुलाई पदमुक्त गरिएको जानकारी निर्वाचन आयोगलाई दिएपछि आयोगले सो सुचनाको अधारमा सुचना प्रकासितगरि उनीहरुलाई पदमुक्त गर्नेछ । माओवादी केन्द्रबाट एमालेमा गएका रामबहादुर थापॉबादल’ गृहमन्त्रीबाट हट् दा उनकी पत्नी नैनकला थापालाई सञ्चार मन्त्री बनाइएकोछ ।तर साहले केहि पाएका छैनन् ।प्रधानमन्त्री ओलीले प्रभु साहलाई कमजोर बनाउन दुई जना रघुबीर महासेठ र राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएका छन् । डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनीसँग रहेका साह पार्टी विभाजनको बेला भट्टराईलाई छाडेका थिए ।माओवादीमै रहेर उनीपछि मन्त्री बनेका थिए ।माओवादी छाड् दा तत्काल सर्वाधिक क्षति साहलाई नै भएकोछ । हाल उनी स्वयं एमाले र माओवादी दुवै तर्फ छैनन् ।प्रधानमन्त्री ओलीसित ‘वार्गेनिंग’ गरेका साह बिच्चलीमा परेका छन् ।

एमालेको पुरानै संरचना ब्युतिएपछि उनी स्वतःसबै जिम्मेवारीबाट मुक्त भएका छन् ।नेपाली काँग्रेस सत्तामा गए काशी तिवारीको हत्या सम्बन्धी मुद्दाको साहको फाइल खोलिने जोखिमपनि उच्च रहेकोछ ।