११ बैशाख २०८१, मंगलवार

देशका धेरै ठाउँमा आज मौसम सफा हुने

wather

आज देशका धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोपख मौसम सामान्य बद्ली हुनेछ । मनसुनी वायुको प्रभाव रहेकाले धेरैजसो ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्नेछ ।

वाग्मती प्रदेशमा काठमाडौँ उपत्यकासहित एकरदुई ठाउँ र प्रदेश दुई, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताए ।  

पानी पर्ने क्षेत्रका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन उनले  आग्रह गरे ।  त्यस्तै आज राति पनि देशभरको मौसम सामान्य बद्लीकै अवस्था रहने अनुमान छ ।