४ बैशाख २०८१, मंगलवार

कास्कीमा निषेधाज्ञा खुकुलो, निजी सवारीमा जोर बिजोर, यी पसल १२ बजेसम्म खुल्ने

pokhara lockdown
फाइल फोटो

कास्की जिल्लामा एक साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आजको बैठकले उक्त निर्णय गरेको हो । कास्की जिल्लामा वैशाख १५ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । सङ्क्रमण दर बढ्दै गएपछि असार ७ गतेसम्म लागु गरिएको निषेधाज्ञामा पुनः समय थप गरि असार १५ गतेसम्म थप भएको हो ।

यसअघि थपिएको निषेधाज्ञा असार ७ गते सकिँदै छ । यद्यपि निषेधाज्ञालाई खुकुलो भने पारिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार ७ गते राति १२ बजेदेखि निषेधाज्ञामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरी सञ्चालन गर्न दिइने भएको छ ।

निजी सवारी साधनहरू कार, मोटरसाइकल र स्कुटर जोर बिजोर प्रणाली लागु गरी चल्न दिइने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमले बताउनुभयो । साना सवारी चार पाङ्ग्रे र दुई पाङ्ग्रेले स्वास्थ्य मापदण्ड अपनाएर अनावश्यक व्यक्ति नचढाइ बढीमा चारपाङ्ग्रेका हकमा चालकसहित ४ जना यात्रु मात्र राख्न पाइने छ ।

प्रशासन कार्यालयका अनुसार औषधी तथा स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुला रहन पाउने छन् । तर निषेधाज्ञामा यस अघि जस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेण्ट, चिया तथा खाज पसल, मोटेल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटशल, खेलकूद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमि पुल, व्युटी पार्लर, शैलुनर फुटपाथ पसल लगायतका सेवा एवम् स्थलहरु नखोल्न तथा संचालनमा रोक लगाइएको छ ।

ती माथि उल्लेखित बाहेकका व्यवसायहरु खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री बिक्री वितरण गर्ने पसलहरू तथा डिपार्टमेन्टल स्टोर ग्रोसरी, पुस्तक पसल र स्टेशनरी पसल लगायत बिहान ५ बजेदेखि दिनकाे १२ बजेसम्म दैनिक खोल्न दिइने भएकाे छ ।

ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पु¥याउन एवं बिक्री वितरण गर्न पाइनेछ ।

सबै प्रकारका शैक्षिक संस्थाहरु भाैतिक रुपमा उपस्थित भए संचालन नगरी अनलाइन रुपमा संचालन गर्न सकिने भएकाे छ ।

विवाह, ब्रतबन्ध एवम् संस्कारजन्य कार्यक्रमहरु पार्टी प्यालेस तथा होटेलमा संचालन गर्न नपाइने भएको छ । पूर्व निर्धारित विवाह कार्यक्रम गर्दा तोकिएको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालन गरी १० जना भन्दा बढी सहभागी हुन नपाइने बताइएको छ । आफू नै प्रत्यक्ष संलग्न भइ गर्नुपर्ने मृत्यु संस्कारबाहेकका अन्य गतिविधिमा संलग्न नहुन पनि प्रशासनले रोक लगाइएको छ ।

अनलाइन डेलिभरी तथा होम डेलिभरी सेवा निश्चित मात्रामा स्वास्थ्य मापदण्ड पूरा गरी बेलुकी ७ बजेसम्म संचालन गर्न पाइने छ ।

खाद्यान्न, तरकारी, पानी, फलफूल, दूध जस्ता दैनिक उपभोग्य वस्तुहरु नजिकको पसलबाट मात्र खरिद गर्न पाइने भएको छ । त्यसैगरी फलफूल तथा तरकारीको थोक विक्रेताले विक्रिवितरण गर्न पाइने छैन ।

ढुंगा, गिटी, बालुवा जस्ता निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनहरुले बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र ढुुवानी गर्न सक्नेछन् ।

निर्माण सेवाका श्रमिक तथा कर्मचारीहरुलाई उद्योग परिसर वा निर्माण स्थल नजिकै खाना र बासको व्यवस्था गर्ने प्रवन्ध मिलाइ निर्माण कार्य संचालन गर्न पाइने छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आवश्यक सेवाको लागि सिमित कर्मचारीको उपस्थितिमा कार्यलय संचालन गर्न पाउने छन् । सकेसम्म अनलाइन प्रविधि अवलम्वन गरी वर्क फ्रम होम पद्धतिबाट लागु गर्न प्रशासनले आग्रह गरेको छ ।

1 3 1448x2048 1
2 1 1448x2048 1