
फाइल फोटो
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आइतबार गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तर्क्रियामा उनले सभापति शेरबहादुर देउवाले विधि र प्रक्रियाअनुसार पार्टी चलाउन नसक्दा निकै कमजोर बनेको बताएका हुन् ।
पार्टीको महाधिवेशन भएको तीन महिनाभित्र पार्टीका सबै विभाग गठन गर्ने विधानमा उल्लेख भएपनि लामो समयसम्म विभाग गठन नहुनु दुःखद् कुरा हो,उनले भने । सिंहले चार जना कम्युनिष्ट प्रधानमन्त्रीले निर्माण गर्न नसकेको संविधान कांग्रेसको नेतृत्वमा निर्माण भएको भन्दै संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।