७ बैशाख २०८१, शुक्रबार

सामाजिक अभियान्ता भनिने ज्वाला संग्रौलासहित तीनजना पक्राउ

jwala s 20210620143844 1024x745 1

अभद्र व्यवहार गरेको आरोपमा सामाजिक अभियान्ता भनेर सामाजिक सञ्जालमा प्रचार गर्दै आएकी ज्वाला संग्रौलासहित तीनजना पक्राउ परेका छन् ।

खुस्बु घिमिरेले अभद्र व्यवहार गरेको आरोपमा गरेको उजूरीको आधारमा प्रहरीले ज्वाला (टीका संग्रैला)सँगै हिमाल उपाध्याय र शर्मिला बाइबालाई पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार उनीहरुमाथि अनुसन्धान सुरु भएको छ ।

केही दिन अगाडि प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध रङ्गभेदी अभिव्यक्ति दिएको भन्दै उनको विरोध भएको थियो । उनीहरुविरुद्ध मधेसी आयोगमा बुधबार उजूरी परेको थियो । सामाजिक अभियान्ताको भेसमा ठगी गरेको भन्दै उनीहरुको आलोचना हुने गरेको छ ।

ज्वालाको समूहसँगै प्रहरीले घिमिरे समूका दुई जनालाईसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैमाथि अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ ।

    सम्बन्धित समाचार...