
युराेकप उपाधि दाबेदार इटालीले १६ औं संस्करणको युरोकप फुटबलकाे समूह चरण अन्तर्गतकाे खेलमा शतप्रतिशत जित हासिल गरेकाे छ।
अहिले घरेलु टिम इटालीले आइबतार भएकाे खेलमा वेल्सलाई १-० ले पराजित गर्दै ग्रुप चरणमा शतप्रतिशत जित निकालेकाे हाे।
खेलको ३९ औं मिनेटमा माटियो पेसीनाले गरेकाे गोल नै इटालीका लागि प्रयाप्त बन्याे। उनले मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका हुन्।
इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ।

शतप्रतिशत जित निकालेकाे इटालीले ३ खेलमा ९ अंक जोड्याे। पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो। यस्तै दोस्रो खेलमा इटालीले स्विजरल्याण्डलाई ३–० गोल अन्तरले नै हराएको थियो।
वेल्सले ३ खेलमा ४ अंक जोडेको छ। पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो।