१६ चैत्र २०८०, शुक्रबार

१० खेलाडीमा सिमित बनेको वेल्स यूराे २०२० को अन्तिम १६ मा

italy vs wails

इटालीसँग पराजित भए पनि वेल्स समूह ए बाट यूराे २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ । इटाली समूह विजेता बन्यो भने वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

आइतबार सम्पन्न खेलमा ३९ औँ मिनेटमा माटेओ पेसिनाले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको ५५ औँ मिनेटमा वेल्सका इथान एम्पाडुले रातो कार्ड खाएपछि वेल्स १० खेलाडीमा सिमित बनेको थियो ।

तीन खेलमा तीन वटैमा जीत हासिल गर्दै इटालीले ९ अंक बटुल्यो भने वेल्सले ३ खेलमध्ये एकमा जीत, एकमा बराबरी र एकमा हार बेहोर्दै चार अंक बटुल्न सफल भयो ।

उता, स्वीटजरल्याण्डले पनि टर्कीलाई ३–१ गोलले हराएर वेल्ससँग अंक बराबरी गरे पनि नकआउट चरणमा प्रवेश पाउन सकेन । गोलअन्तरको आधारमा वेल्सले स्वीटजरल्याण्डलाई उछिन्न सफल रह्यो । यद्यपि, स्वीटजरल्याण्ड अझै पनि नकआउट चरणमा छनोट हुने सम्भावना भने बाँकी नै रहेको छ । ६ वटा समूहबाट तेस्रो हुने उत्कृष्ट चार टोली अझै नकआउट चरणमा प्रवेश पाउन सक्छन् । टर्की भने समूह चरणबाट नै बिदा भएको छ ।

अब इटालीले समूह सीको उपविजेता अर्थात् अहिलेको अवस्थामा युक्रेन वा अस्ट्रिया मध्ये एकसँग भिड्नेछ । उता, वेल्सले समूह बीको दोस्रो टोली अर्थात् रुस र फिनल्याण्ड मध्ये एकको सामना गर्नेछ ।

Itali1624213602